२०८३, श्रावण २५ गते

सोमवार, श्रावण २५ गते २०८३

ग्यास अभाव हुन नदिन सरकारको पहल, भारतबाट आयात कोटा थप्न कूटनीतिक प्रयास

शुक्रवार, श्रावण २२ २०८३०७:५२

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताएकी छिन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्न र सवालबारे जवाफ दिँदै मन्त्री यादवले ग्यासको अभाव हुन नदिन आवश्यक सहजीकरण र बजार अनुगमनाई तीव्रता दिइएको बताइन्।

उनले अफवाह र भ्रमको पछि नलागी आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह गरिन्।

अघिल्लो वर्षको आयातको तुलनामा नियमित माग धान्नसक्ने परिणाममै ग्यास आयात भए पनि बीचमा आधा सिलिण्डर दिइँदै आएकामा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालिएपछि बजारमा माग र आपूर्तिको असन्तुलन भएको उनको भनाइ छ।

मन्त्री कुमारीले हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेको जनाउँदै १० हजार १६६ मेट्रिकटन कुल भण्डारण क्षमता, एक करोड ७५ ग्यास सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको जानकारी दिइन्।

उनले संसदीय समितिको निर्देशन कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइ अनुगमन अघि बढाइएको बताउँदै एलपी ग्यास सिलिण्डरको ट्राकिङका लागि नेपाल आयल निगमबाट आवश्यक प्राविधिक कार्य आरम्भ गरिएको बताइन्।

मन्त्री यादवले माग बढेकाले तीन महिनाका लागि भारतबाट ग्यास आयतको कोटा थप्न कूटनीतिक माध्यमबाट पहल भइरहेको पनि स्पष्ट पारिन्।

उनले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीलाई प्राथमिकता दिइएको बताइन्।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij