२०८३, कार्तिक १६ गते

आइतवार, कार्तिक १६ गते २०८३

प्रशोधन नगरी नदीमा फोहोर पानी नफाल्न देशभरका उद्योगलाई निर्देशन

शुक्रवार, कार्तिक १४ २०८३०४:४४

उद्योग विभागले प्रशोधन नगरी फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ।

दीपावली तथा छठ पर्वका बेला वीरगञ्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिर्सिया नदी आसपासका उद्योगबाट निष्कासित प्रदूषित पानीका कारण स्थानीय बासिन्दालाई चाडपर्व मनाउनसमेत कठिनाइ भएको गुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो।

विभागले शुक्रबार जारी गरेको सूचनामा उद्योगबाट निष्कासन हुने फोहोर पानी नेपाल सरकारले तोकेको वातावरणीय मापदण्डअनुसार प्रशोधन गरेर मात्र बाहिर पठाउने व्यवस्था मिलाउन भनिएको छ।

त्यस्तै, चाडपर्वका समयमा नदीको स्वच्छता कायम राख्न उद्योगहरूलाई आफ्नै तर्फबाट डिप बोरिङ वा अन्य स्रोतबाट स्वच्छ पानी नदीमा पठाएर सहयोग गर्नसमेत विभागले आग्रह गरेको छ।

निर्देशन कार्यान्वयन भए–नभएको विषयमा स्थलगत रूपमा कडा अनुगमन गरिने विभागले जनाएको छ। त्यसका लागि उद्योग मन्त्रालय, उद्योग विभाग, वातावरण विभाग, प्रदेशअन्तर्गतका उद्योग विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको संयुक्त टोलीले निरीक्षण तथा अनुगमन गर्नेछ।

कानुनको पालना गर्नु सबैको साझा दायित्व भएको स्मरण गराउँदै विभागले प्रचलित वातावरणीय कानुन र मापदण्डको परिधिभित्र रहेर नदी प्रदूषण नियन्त्रणमा जिम्मेवार बन्न उद्योगीहरूलाई सचेत गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij