२०८३, कार्तिक १६ गते

आइतवार, कार्तिक १६ गते २०८३

पहिरोले बीपी राजमार्ग अवरुद्ध

शनिवार, कार्तिक १५ २०८३०८:२०

पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। 

बीपी राजमार्ग अन्तर्गत काभ्रेतर्फ रोसी गाउँपालिका वडा नम्बर- ९ पिन्थलीमा सडक अवरुद्ध भएको जिल्ल प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

सडकमाथिबाट खहरे खोलाको ढुङ्गा माटोसहितको लेदोसहितको पहिरोले रोसी गाउँपालिका वडा नम्बर- ८ गिम्दीबेसीमा पनि सडक अवरुद्ध भएको हो। 

अहिले पनि पहिरो झरिरहेको हुनाले सडक दुईतर्फी रूपमा नै पूर्णरूपमा अवरुद्ध  छ। 

सडक अवरुद्ध हुँदा सिन्धुलीबाट काठमाडौँ तर्फ आउँदै गरेका र यताबाट सिन्धुलीतिर जाँदै गरेका सवारी साधन बिच बाटोमै रोकिएका छन्।

अर्नब चक्रपातको कारण गएराति देखि नै निरन्तर वर्षा भइरहेकाले बाढी पहिरोको सम्भावना बढेको छ। 

सडकको अवस्थाको सम्बन्धमा जानकारीको लागि १००, १०३ र १२३४ मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij