काठमाडौं — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानअनुसार मनसुन प्रणाली सक्रिय रहेकाले धेरै स्थानमा भारी वर्षा हुने सम्भावना देखिएपछि प्राधिकरणले बाढी, पहिरो, गेग्रान बहाव, नदी कटान तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने चेतावनी दिएको हो।
प्राधिकरणले अत्यावश्यक कामबाहेक घरदेखि टाढा तथा विशेषगरी रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। साथै सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकाय तथा सर्वसाधारणलाई अनुरोध गरेको छ।
पूर्वानुमानअनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने जनाएको छ। आवश्यकताअनुसार अन्य क्षेत्रमा पनि जुनसुकै बेला यातायात बन्द गर्न सकिने प्राधिकरणले स्पष्ट पारेको छ।
प्राधिकरणका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह तथा स्वयंसेवकसहित सबै सरोकारवाला निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ। जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण पनि तयारी अवस्थामा राखिने जनाइएको छ।
त्यसैगरी जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायलाई पूर्वसूचनाका आधारमा जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न निर्देशन दिइएको छ।
प्राधिकरणले विशेषगरी खोला, खहरे, नदी किनार र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अत्यधिक सतर्क रहन तथा आधिकारिक मौसम र विपद्सम्बन्धी सूचनालाई निरन्तर पछ्याउन आग्रह गरेको छ।
नेपाली संचार क्षेत्रमा वेग्लै पहिचान निर्माण गर्ने हेतु तथा सत्य, तथ्य, निश्पक्ष र ताजा समाचारहरु आम पाठकहरु समक्ष पस्कने पहिलो दायित्ववोध सहित स्थापना भएको प्याजेन्ट नेपाल नेटवर्कद्वारा संचालित सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएको राष्ट्रखवर पत्रिकाको अनलाईन संस्करणwww.rastrakhabar.com तथा https://rastrakhabar.com.np/ बाट २४ सै घण्टा सूचनामूलक जानकारी प्रेषित गर्ने लक्ष्य बमोजिम स्थापना गरिएको छ । अतः यहांको सल्लाह,सुझावको अत्यन्त आवश्यकता हामीले महशुस गरेका छौ ।
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३२ प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि
ठेगाना : नक्साल १,काठमाडौं
कर्पोरेट : गोकर्णेश्वर ५,काठमाडौ
फोनः ९८५१०३५८१५,९८०८८४०३६०
ईमेल : pageantnepal@gmail.com
प्रकाशक
प्याजेन्ट नेपाल नेटवर्क प्रा.लि. प्रबन्ध निर्देशक
राजेन्द्र लुईटेल प्रधान सम्पादक
विपिन पोखरेल
प्रतिक्रिया दिनुहोस