२०८३, मंसिर २ गते

मंगलवार, मंसिर २ गते २०८३

गायक आशिष अबिरल र गायिका रचना रिमालको गीत" चुलबुले नानी" सामाजिक सञ्जालमा भाइरल बन्दै

आइतवार, आश्विन ११ २०८३०१:११

लोक शैली , आधुनिक प्रस्तुति र आकर्षक नृत्यको संगम रहेको नयाँ गीत “चुलबुले नानी” को अफिसियल म्युजिक भिडियो  “Reema Shrestha's World” युट्युब च्यानलमार्फत सार्वजनिक भएको छl
ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको यस गीतले दर्शक तथा संगीतप्रेमीमाझ नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। गीतमा लोकप्रिय गायक आशिष अविरल र  चर्चित गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ भने संगीत पनि आशिष अविरलकै रहेको छ। गीतका सर्जक रिमा श्रेष्ठ हुन्।

पछिल्लो समयमा सामाजिक सञ्जालमा निकै भाइरल सोही म्युजिक भिडियोमा कलाकार सुरेश कोहली र जुना सुन्दासको आकर्षक अभिनय तथा नृत्य देख्न सकिनेछ। भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठ , सहायक  कोरियोग्राफी माधव ढुङ्गाना गरेका हुन् I यस म्युजिक भिडियोलाई निर्देशन भने सोनाम पाख्रिनले गरेका  हुन् l

गीतको एरेन्ज कुशल सिंह निलले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गायक तथा संगीतकार आशिष अविरलले गरेका हुन् साथै गीतको  रेकर्डिङ शिशिर परियार र कृष्ण लामिछाने गरेका हुन l चर्चित सिनेमेटोग्राफर उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन बिजेश पौडेलले गरेका छन्। त्यस्तै मेकअप ज्योति केसीले गरेकी छन्।
दिपेन गौतम माइकल प्रोडक्सन म्यानेजर रहेको यस परियोजनाका निर्माता कुशल गुरुङ हुन्।

गीतको सम्पूर्ण रेकर्डिङ कार्य रागा रेकर्ड्स एण्ड रिसर्च सेन्टरमा भएको हो l देशभक्ति ,आधुनिक, प्रेमभावका गीतहरू लेख्न निकै प्रखर गीतकार रिमा श्रेष्ठले नेपाली कला , भाषा र संस्कृतिलाई विश्वसामुमा चिनाउँदै आइरहेकी छिन्।  लोक नृत्य शैलीमा तयार पारिएको चुलबुले नानी " लाई माया गर्नुभएका सम्पूर्ण दर्शक श्रोताहरूमा हृदयदेखि नै नमन गर्न चाहन्छु गीतकार रिमा श्रेष्ठ भन्छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij