२०८३, मंसिर २ गते

मंगलवार, मंसिर २ गते २०८३

उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न अर्थमन्त्री वाग्लेको आग्रह

सोमवार, मंसिर १ २०८३०४:५८

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारलाई प्राथमिकता दिँदै अघि बढ्नुपर्ने बताएका छन्।

नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्र अहिले महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गरे। उनले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रमा निर्देशित हुनुपर्नेमा जोड दिए।

बैंकले जनविश्वास कायम राख्न पारदर्शिता, जवाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

मन्त्री वाग्लेले बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउन आग्रह गर्दै साइबर सुरक्षा तथा तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए।

नेपाल बैंक लिमिटेडको ऐतिहासिक गौरवलाई भविष्यको सफलतामा रूपान्तरण गर्नु साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij