२०८३, आश्विन २२ गते

बिहिवार, आश्विन २२ गते २०८३

नोजा अनर अवार्डबाट बलिभद्र राना उत्कृष्ट व्यवसायी सम्मानित

बुधवार, आश्विन २१ २०८३११:०३

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा)ले निर्माण व्यवसायी बलिभद्र रानालाई ‘१२औँ नोजा अनर अवार्ड’बाट उत्कृष्ट व्यवसायीका रूपमा सम्मान गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकारसमेत रहेका राना नेपाल निर्माण व्यवसायी परिषद्का अध्यक्ष हुन् ।

नोजाले हरेक वर्ष प्रदान गर्दै आएको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ यस वर्ष बैंकिङ तथा सहकारी क्षेत्रका विज्ञ कमल खरेललाई प्रदान गरेको छ । लामो समय बैंकिङ तथा वित्तीय क्षेत्रमा सेवा गरेका खरेल बैंकिङ तथा सहकारी क्षेत्रका विज्ञका रूपमा परिचित छन् ।

त्यस्तै, नोजाले हरेक वर्ष एक जना पत्रकारलाई प्रदान गर्दै आएको ११ हजार १११ रुपैयाँ राशिको पत्रकारिता पुरस्कार यस वर्ष सामना देवकोटालाई प्रदान गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष मुमुन्द ढुंगाना, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली, सूचना प्रविधि विज्ञ हरिराम रिमाल, वरिष्ठ पत्रकार राजेन्द्र लुईँटेल, महिला उद्यमी सरिता भट्टराईलगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij