२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

मंगलवार, आश्विन १३ २०८३१०:५८

काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको ‘स्पोर्ट्स डे’ विविध खेलकुद प्रतियोगिताहरूसहित भव्य रूपमा सम्पन्न भएको छ। 'व्हिस्पर'को प्रस्तुति, 'अर्ना इनर्जी ड्रिंक' पावार्ड बाइ र 'निभिया' सह-प्रायोजक रहेको यस कार्यक्रममा प्रतिस्पर्धीहरूले आफ्नो खेलकौशल र शारीरिक क्षमता प्रदर्शन गरेका थिए।
प्रतियोगितामा क्रिकेट, रनिङ, स्किपिङ, ब्लाइन्ड थ्रो, फुटबल पेनाल्टी र बास्केटबल गरी ६ वटा विधामा रोमाञ्चक प्रतिस्पर्धा गराइएको थियो।

स्पोर्ट्स डेको मुख्य आकर्षण क्रिकेट म्याचमा प्रतिस्पर्धीहरूलाई 'लालीगुराँस' र 'डाँफे' गरी दुई टोलीमा विभाजन गरिएको थियो।
प्रतिस्पर्धीहरूको हौसला बढाउन नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका स्टार खेलाडीहरू बिन्दु रावल, कविता कुँवर, सोनी पाख्रिन, मनिषा उपाध्याय र रिया शर्मासमेत मैदानमा उत्रिएका थिए। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोली 'डाँफे' विजेता बन्न सफल भयो।

क्रिकेटतर्फ अञ्जु परियार ‘बेस्ट प्लेयर’, नेहा गुप्ता ‘बेस्ट ब्याटर’ र मोनिका तामाङ ‘बेस्ट फिल्डर’ घोषित भए।
त्यस्तै अन्य विधातर्फ रनिङ (दौड) मा सन्ध्या लामा प्रथम, अञ्जु परियार दोस्रो र शिल्पा न्यौपाने तेस्रो स्थान हासिल गर्न सफल रहे।

स्किपिङमा प्रियशिखा खड्का तथा ब्लाइन्ड थ्रोमा नेहा गुप्ताले उपाधि चुमे। यस्तै फुटबल पेनाल्टी सुट र बास्केटबल दुवै विधामा बिन्दु थापा राणाले दोहोरो जित हात पार्दै आफ्नो दबदबा कायम गरिन्।
सुन्दरीहरूले सौन्दर्य र बौद्धिकताका साथै खेलकुदमा पनि आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेका थिए। आयोजक रिबन इन्टरटेनमेन्टका अनुसार यस्ता अतिरिक्त गतिविधिहरूले प्रतियोगीहरूमा आत्मविश्वास, टोली भावना र शारीरिक fitness अभिवृद्धि गर्न ठूलो सहयोग पुर्‍याउनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij