काठमाडौं । दसैंका बेला काठमाडौंमा फलफूलको व्यापार बढेको छ। चाडपर्वमा पूजाआजा गर्न र आफन्त तथा इष्टमित्रकहाँ कोशेली लैजान सर्वसाधारणले फलफूल किन्ने गरेकाले बजारमा यसको माग बढेको हो।
बजारमा अन्य फलफूलको तुलनामा केरा, स्याउलगायतका फलफूलको कारोबार बढी हुने गरेको व्यापारीहरू बताउँछन्।
फलफूलको आयात बढेकाले यस वर्ष दसैंमा फलफूलको मूल्यमा खासै ठूलो परिवर्तन नदेखिएको व्यापारीहरूको भनाइ छ।
व्यापारीहरूका अनुसार दसैंको टीकाको दिनपछि पूर्णिमासम्म फलफूलको व्यापार अझ बढ्ने अपेक्षा गरिएको छ। चाडपर्वका बेला आफन्त तथा परिवारजनलाई फलफूल उपहार दिने चलनका कारण पनि यसको कारोबार बढ्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस