२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

विरोध प्रदर्शनमा सहभागी भएपछि अभिनेता इमरान खानलाई भारत छोड्न निर्देशन

बिहिवार, आश्विन २९ २०८३०१:०३

काठमाडौं । ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले मुम्बईमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी भएको केही दिनपछि मुम्बई प्रहरीले अभिनेता इमरान खानलाई भारत छोड्न निर्देशन दिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड सुपरस्टार आमिर खानका भान्जासमेत रहेका ४३ वर्षीय अभिनेता इमरानलाई भारत छोड्न अक्टोबर २८ सम्मको समयसीमा दिइएको छ।

भारतीय नागरिक नभएका इमरान विरोध प्रदर्शनमा सहभागी भएको भन्दै अध्यागमनसम्बन्धी कानुनका प्रावधानअन्तर्गत उनीमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार इमरानसँग अमेरिकी नागरिकता रहेको र पूर्ण भारतीय नागरिकताको सट्टा ‘ओभरसिज सिटिजन अफ इन्डिया’ (ओसीआई) कार्ड रहेको बताइएको छ। यद्यपि, यसबारे आधिकारिक पुष्टि भएको छैन।

‘इमिग्रेसन एन्ड फरेनर्स एक्ट, २०२५’ अन्तर्गत उक्त प्रस्थान सूचना जारी गरिएको समाचारमा उल्लेख छ। यस ऐनको दफा ७ ले भारतको केन्द्रीय सरकारलाई विदेशी नागरिकको प्रवेश, प्रस्थान, उपस्थिति तथा आवागमन नियमन, सीमित वा निषेध गर्न आवश्यक आदेश तथा निर्देशन जारी गर्ने अधिकार प्रदान गर्छ।

इमरान यही अक्टोबर १० मा मुम्बईको अगस्ट क्रान्ति मैदानमा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका थिए। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजित उक्त प्रदर्शनमा सहभागी भएकै क्रममा प्रहरीले उनलाई हिरासतमा लिएको थियो। पछि उनलाई रिहा गरिएको थियो।

प्रदर्शनमा सहभागितापछि प्रहरीले भारत छोड्न निर्देशन दिएको विषयले अहिले भारतीय सञ्चारमाध्यममा चर्चा पाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij