२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

देउवा समूहको निर्णय : कांग्रेसका जनप्रतिनिधि स्वतः महाधिवेशन प्रतिनिधि बन्ने

बिहिवार, आश्विन २९ २०८३०२:२७

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।

देउवा समूहले कांग्रेसका तर्फबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो।

समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतहरूलाई पत्र पठाउँदै यस्तो निर्णयबारे जानकारी गराएका छन्। पत्रमा पार्टीका तर्फबाट निर्वाचित भई हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने उल्लेख गरिएको छ।

पत्रमा भनिएको छ, ‘प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत स्थानीय तहमा नेपाली कांग्रेस पार्टीको तर्फबाट निर्वाचित हुनुभएका पालिका, नगर, उपमहानगर तथा महानगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य निर्वाचित भई हाल पदमा कार्यरत रहनुभएका जनप्रतिनिधिहरू आ–आफ्नो निर्वाचन क्षेत्रबाट स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने भन्ने निर्णय भएको हुँदा सोहीबमोजिम गर्नु गराउनु हुन अनुरोध गर्दछु।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij