काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामुक्त भएका छन् ।
६५ वर्षीय रायमाझी उमेरहदका कारण कैद सजायमा छुट पाएपछि बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् ।
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो ।
कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकले तोकिएको कैद सजायमा सामान्यतया २५ प्रतिशतसम्म छुट पाउन सक्ने व्यवस्था छ ।
तिहारअघि नै रायमाझीलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो ।
कारागारबाट रिहा भएपछि रायमाझीलाई परिवारका सदस्यहरूले घरमा स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस