२०८३, मंसिर २ गते

मंगलवार, मंसिर २ गते २०८३

नेपथ्यको नयाँ सांगीतिक यात्रा गाउँ र मझौला सहर केन्द्रित, चार स्थानमा कन्सर्ट गर्ने

सोमवार, मंसिर १ २०८३११:३६

काठमाडौं । सिक्किम र नेपालको पूर्वी भेगको सांगीतिक यात्रा सम्पन्न गरेर फर्किएको चर्चित नेपथ्य ब्यान्डले फेरि देशव्यापी सांगीतिक यात्राको तयारी गरेको छ। यसपटक ब्यान्डले ठूला सहरभन्दा ग्रामीण बस्ती र मझौला सहरलाई प्राथमिकतामा राख्दै चार स्थानमा प्रस्तुति दिने भएको छ।

नेपालयले जारी गरेको प्रेस नोटअनुसार नेपथ्यले चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा कन्सर्ट गर्नेछ।

ब्यान्डको पहिलो प्रस्तुति मंसिर ३ गते चितवनको सौराहामा हुनेछ। पर्यटकीय गन्तव्य सौराहास्थित सिसुवार मैदान (सभागृहअगाडि) मा कन्सर्ट आयोजना गरिनेछ। उक्त कार्यक्रमका लागि सहुलियत दरका टिकट यसअघि नै बिक्री भइसकेका छन् भने अन्य टिकट पनि सीमित मात्र बाँकी रहेको जनाइएको छ।

दोस्रो कन्सर्ट मंसिर ५ गते शनिबार स्याङ्जाको पुतलीबजारस्थित मालेबगर खेलमैदानमा हुनेछ। त्यहाँ नेपथ्यले आफ्ना लोकप्रिय लोकरक गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछ।

त्यसपछि ब्यान्ड धौलागिरि हिमालको काखमा रहेको म्याग्दीको बेनी पुग्नेछ। बेनीस्थित खुलामञ्चमा मंसिर ९ गते कन्सर्ट आयोजना हुने तालिका छ।

नेपथ्यको चौथो प्रस्तुति मंसिर १२ गते शनिबार तनहुँको बेलचौतारामा हुनेछ। शुक्लागण्डकी नगरपालिकास्थित भानुभक्त क्याम्पसको मैदानमा कन्सर्ट आयोजना गरिनेछ।

देशभित्र तथा विदेशका ठूला सहरमा भव्य सांगीतिक प्रस्तुति दिँदै आएको नेपथ्यले साना सहर र ग्रामीण बस्तीका दर्शकको चाहनालाई समेत प्राथमिकता दिँदै आएको यस यात्राले देखाउनेछ।

यसपटकका चार गन्तव्यमा म्याग्दीको बेनीबाहेक अन्य तीन स्थानमा नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij