काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ राजनीतिक दलले खुला मञ्चमा कार्यक्रम आयोजना गर्दै आफ्ना विरोधीलाई गाली गर्ने अवसर पाएको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!’ भन्दै टिप्पणी गरेका हुन्।
उनको उक्त अभिव्यक्ति नयाँ राजनीतिक दलले आयोजना गरेको सार्वजनिक कार्यक्रम तथा त्यहाँ प्रस्तुत गरिएको राजनीतिक भाषणशैलीप्रति लक्षित देखिन्छ। शाहले नयाँ दलको नाम भने उल्लेख गरेका छैनन्।
पछिल्लो समय प्रधानमन्त्री शाह नेतृत्वको राजनीतिक यात्रासँगै नयाँ तथा पुराना राजनीतिक शक्तिबीच आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ। राजनीतिक दलका सार्वजनिक कार्यक्रम र नेताहरूका अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा समेत पक्ष–विपक्षमा बहस हुँदै आएको छ।
शाहको पछिल्लो टिप्पणीपछि पनि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। केहीले उनको अभिव्यक्तिलाई राजनीतिक व्यंग्यका रूपमा लिएका छन् भने केहीले प्रधानमन्त्रीको यस्तो टिप्पणीप्रति प्रश्न उठाएका छन्।
प्रतिक्रिया दिनुहोस