२०८३, आश्विन २० गते

मंगलवार, आश्विन २० गते २०८३

नयाँ नेतृत्व चयनतर्फ कांग्रेस, आज मनोनयन पत्र दर्ता हुँदै

मंगलवार, आश्विन २० २०८३०७:१२

काठमाडौंको खुलामञ्चमा गत आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत तेस्रो दिन आज (मंगलबार) नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया विधिवत् रूपमा अघि बढ्दैछ।

सोमबारदेखि सुरु भएको बन्दसत्रका बीच केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिका अनुसार आज दिनभर उम्मेदवारी दर्तादेखि नामावली प्रकाशनसम्मका कार्यक्रमहरू सञ्चालन हुनेछन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारीको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ। मनोनयन दर्ताको समय समाप्त भएपछि समितिले आजै दिउँसो ४:३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।

पहिलो नामावली प्रकाशन भएसँगै उम्मेदवारविरुद्ध दाबी विरोधका लागि दिउँसो ४:३० बजेदेखि ५:३० बजेसम्मको समय दिइएको छ। दाबी विरोधका लागि प्राप्त दरखास्तहरूउपर निर्वाचन समितिले आजै साँझ ५:३० बजेदेखि ६:३० बजेसम्म जाँचबुझ गर्नेछ।

जाँचबुझ सम्पन्न भएपछि आजै बेलुका ७ बजे उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गरिने कार्यतालिका छ। निर्वाचन समितिका अनुसार दोस्रो नामावली प्रकाशन भएपछि भोलि असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ।

सोही दिन बिहान १० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी दिनभर प्रचारप्रसारका लागि समय उपलब्ध गराइनेछ। आगामी असोज २२ गते बिहान ७:३० बजेदेखि साँझ ५ बजेसम्म नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ।

यसपटकको महाधिवेशनमा खुलामञ्चमै उद्घाटन र बन्दसत्र दुवै सञ्चालनका लागि हिमाल, पहाड र तराई-मधेस नाम दिइएका तीन ठूला प्रविधिमैत्री संरचना निर्माण गरिएको छ।

कांग्रेसको इतिहासमै पहिलोपटक देशभरका वडा, क्षेत्र तथा प्रवासबाट निर्वाचित भई ७,७०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी भएका छन्। असोज २२ गते हुने मतदानका लागि राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवन गरी तीन ठाउँमा प्रबन्ध मिलाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij