२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

दसैं मनाउन गाउँ फर्किनेको लर्को, उपत्यकाबाट बाहिरिए ३ लाख ४८ हजारभन्दा बढी यात्रु

शुक्रवार, आश्विन ३० २०८३१०:२४

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । दसैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्किन थालेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्लातर्फ जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम तीव्र बनेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि शुक्रबार बिहानसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

कार्यालयका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९ र असोज २९ गते ८५ हजार ५६१ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

दसैं मनाउन यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती तथा ललितपुरको भट्टेडाँडा नाकाबाट बाहिरिएका हुन् ।

यसैबीच, दसैंका लागि हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते गरी ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७, असोज २७ गते १५ हजार ५५३, असोज २८ गते १८ हजार ५२९ र असोज २९ गते पाँच हजार ७४ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् ।

दसैंले परिवार, आफन्त तथा समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने भएकाले रोजगारी र अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस हरेक वर्ष चाडपर्व मनाउन गाउँ फर्किने गर्छन् । यस वर्ष पनि दसैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij