२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

स्विट्जरल्यान्डका संसदीय अध्यक्ष र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

सोमवार, कार्तिक १७ २०८३०४:१३

नेपाल भ्रमणमा रहेका स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेजले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

सोमबार सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी हित, सहयोग र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो।

भेटका क्रममा राष्ट्रिय सभा अध्यक्ष दाहालले स्विट्जरल्यान्डले नेपाललाई विकास साझेदारका रूपमा विपद् व्यवस्थापन तथा विकास निर्माणका क्षेत्रमा गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।

नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा दुवै पक्षले शुभकामना आदानप्रदान गरेका थिए।

दाहालले स्विट्जरल्यान्डमा रहेका ठूला तथा विश्वस्तरीय औषधि उत्पादक कम्पनीको सहकार्यमा नेपालमा पनि सरकारी स्तरबाट औषधि उद्योग स्थापना गर्न सकिए नेपाली नागरिकले सहुलियतमा औषधि पाउने धारणा राखेको जानकारी दिए।

स्विट्जरल्यान्डका राष्ट्रिय परिषद्का अध्यक्ष पेजले नेपालको आवश्यकताअनुसार सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यसैगरी, दुई देशका संसद्बीच अभ्यास तथा अनुभव आदानप्रदान गर्न र आपसी सम्बन्ध थप सुदृढ बनाउन संसदीय मैत्री समूह गठन गरी सहकार्य गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए।

अध्यक्ष पेज ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार नै काठमाडौं आइपुगेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij