२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

मंगलवार, कार्तिक १८ २०८३०४:३२

काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला आफ्नो कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्।

यसअघिका भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएपछि भारतले दलेलालाई नेपालको नयाँ राजदूत नियुक्त गरेको थियो।

काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत दलेला नेपालका लागि भारतको आगामी राजदूतका रूपमा जिम्मेवारी सम्हाल्न काठमाडौं आइपुगेको जानकारी दिएको हो।

दलेलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij