काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौँले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।
यस जितसँगै काठमाडौँले प्रतियोगितामा पहिलो जित निकालेको छ। यसअघि पहिलो खेलमा काठमाडौँ जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस