२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

वीरगञ्जमा मोटरसाइकलको लक तोडेर लैजाँदै गरेका युवक पक्राउ

सोमवार, कार्तिक १७ २०८३०४:४५

पार्किङ गरी राखिएको मोटरसाइकलको लक तोडेर डोर्‍याउँदै भागिरहेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–११ निवासी २७ वर्षीय राकेश चौधरी रहेका छन्। उनलाई पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोड सडकखण्डबाट प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ३० वर्षीय विकासकुमार कुशवाहाको नाममा दर्ता रहेको मधेस प्रदेश ०३–०३५ प ७१७५ नम्बरको २२० सीसीको रातो–कालो पल्सर मोटरसाइकल सडकछेउमा पार्किङ गरी राखिएको थियो।

आज बिहान करिब ९ः३० बजे मोटरसाइकलको लक तोडेर डोर्‍याउँदै भागिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij