२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

नेपालको परराष्ट्र नीति स्वतन्त्र र सन्तुलित हुनुपर्छ : प्रदीप ज्ञवाली

सोमवार, कार्तिक १७ २०८३०४:५५

नेकपा एमालेका विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीति स्वतन्त्र र सन्तुलित हुनुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘चीनको शासन सञ्चालनका प्राथमिकता र नेपाल–चीन सम्बन्धमा त्यसको प्रभाव’ विषयक गोष्ठीमा बोल्दै उनले नेपालको परराष्ट्र नीति कुनै पनि बाह्य प्रभावबाट निर्देशित नभई स्वतन्त्र हुनुपर्नेमा जोड दिएका हुन्।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकसम्बन्धी गोष्ठीमा ज्ञवालीले चीनले विश्व राजनीतिमा आफ्नो प्रभाव स्थापित गरिसकेको उल्लेख गर्दै त्यसलाई कसैले पनि नजरअन्दाज गर्न नसक्ने बताए। नेपालले चीनबाट धेरै कुरा सिक्नुपर्ने उनको भनाइ थियो।

गौतम बुद्धको मार्गले समेत नेपालको परराष्ट्र नीतिलाई प्रभावित पारेको उल्लेख गर्दै उनले स्वतन्त्र परराष्ट्र नीति कायम राख्नुपर्ने बताए। सन्तुलित परराष्ट्र नीति नहुँदा मुलुकले ठूलो चुनौती सामना गर्नुपर्ने उनको धारणा थियो।

फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल–चाइना फ्रेन्डसिप फोरमले आयोजना गरेको गोष्ठीमा ज्ञवालीले नेपाल र चीनबीच भएका कतिपय सम्झौता कार्यान्वयन नहुँदा विकास निर्माणमा असर परेको बताए।

उनले भारत र चीन दुवैसँग नेपालको कनेक्टिभिटी विस्तारका क्षेत्रमा सहकार्य आवश्यक रहेको उल्लेख गरे।

विश्वमा बढ्दै गएको द्वन्द्वले सबै क्षेत्रमा चुनौती थपिरहेको बताउँदै उनले गरिबी निवारणमा चीनले महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखे। सत्तारूढ दलको छवि स्वच्छ भए विकासका काम अघि बढाउन सहज हुने पनि उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij