काठमाडौँ । सन् २०२६ को अक्टोबर महिनामा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महिनाको तुलनामा यस वर्ष करिब चार हजार बढी पर्यटक नेपाल आएका हुन्।
पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा सबैभन्दा धेरै अमेरिकी पर्यटक नेपाल आएका छन्। यस अवधिमा १७ हजार ४३७ अमेरिकी नागरिकले नेपाल भ्रमण गरेका छन्। गत वर्षको अक्टोबरमा १३ हजार २८६ अमेरिकी पर्यटक नेपाल आएका थिए।
त्यस्तै, यस वर्ष अक्टोबरमा भारतबाट १२ हजार ९७ पर्यटक नेपाल आएका छन्। जबकि गत वर्षको सोही महिनामा १७ हजार २९८ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए। यस वर्ष भारतीय पर्यटकको आगमनमा कमी देखिएको छ।
चीनबाट अक्टोबर महिनामा ११ हजार ६९५ पर्यटक नेपाल आएका छन्। पर्यटक आगमनका आधारमा बेलायत चौथो स्थानमा रहेको छ।
समग्रमा विदेशी पर्यटक आगमनमा वृद्धि देखिए पनि छिमेकी मुलुक भारतबाट आउने पर्यटकको संख्यामा भने गिरावट आएको पर्यटन बोर्डको तथ्याङ्कले देखाएको छ।
प्रतिक्रिया दिनुहोस