२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

मेक्सिकोका विद्यालयमा पढाइको समयमा मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय

मंगलवार, कार्तिक १८ २०८३११:०३

काठमाडौँ । मेक्सिको सरकारले विद्यालयमा पढाइ हुने समयमा विद्यार्थीलाई मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ। राष्ट्रपति क्लाउडिया शिनबाम नेतृत्वको सरकारले प्राथमिक र माध्यमिक तहका विद्यालयमा यस्तो व्यवस्था लागू गर्न लागेको हो।

सरकारका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मोबाइलको लत, मानसिक तनाव र पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने समस्याबाट जोगाउन प्रतिबन्ध लगाउन लागिएको हो।

यद्यपि, शिक्षकको निर्देशनमा शैक्षिक प्रयोजनका लागि, स्वास्थ्य समस्या तथा अपाङ्गता भएका विद्यार्थीको आवश्यकताअनुसार र आपत्कालीन अवस्थामा मोबाइल प्रयोग गर्न छुट दिइनेछ।

तर सरकारको निर्णयप्रति मेक्सिकोका विभिन्न क्षेत्रका अभिभावकले असन्तुष्टि जनाएका छन्। देशका विभिन्न स्थानमा सङ्गठित अपराध र गोलीबारीका घटना भइरहने भएकाले विद्यालयमा मोबाइल प्रयोग गर्न नपाउँदा आपत्कालीन अवस्थामा आफ्ना सन्तानसँग सम्पर्क गर्न कठिन हुने उनीहरूको चिन्ता छ।

गत अक्टोबर २२ मा सिनालोआ क्षेत्रमा विद्यार्थी सवार बसमाथि गोली प्रहार भएको घटनाले अभिभावकको चिन्ता थप बढाएको छ। उक्त घटनामा बस चालक घाइते भएका थिए भने विद्यार्थीहरू सुरक्षित रहेका थिए।

यसैबीच, शिक्षा तथा बालबालिकासम्बन्धी विशेषज्ञहरूले डिजिटल उपकरणको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन विद्यालयमा मोबाइल प्रयोग नियन्त्रण गर्नु आवश्यक रहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)का अनुसार विश्वका ११४ देशमा विद्यालयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij