२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गरेको आरोपमा तीन पक्राउ

मंगलवार, कार्तिक १८ २०८३०२:४५

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा संलग्नता खुलेपछि उनीहरूलाई पक्राउ गरेको हो।

ब्यूरोका अनुसार पक्राउ परेकाहरूले विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी कागजात परिवर्तन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यस सम्बन्धमा प्राप्त निवेदनमाथि अनुसन्धान गर्दा उनीहरूको संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो।

प्रहरी टोलीले उनीहरूलाई कात्तिक १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij