२०८३, कार्तिक १८ गते

मंगलवार, कार्तिक १८ गते २०८३

धनगढीमा माटोको ढिस्कोले पुरिएर ३९ वर्षीया महिलाको मृत्यु

मंगलवार, कार्तिक १८ २०८३०३:४३

धनगढी । कैलालीको धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१६ भादाकी ३९ वर्षीया कवितादेवी चौधरी रहेकी छन्।

सोमबार साँझ करिब ५ बजे घर पोत्नका लागि माटो लिन गणेश सामुदायिक वन पुगेकी चौधरीले माटो खन्ने क्रममा अचानक ढिस्को खसेर पुरिएकी थिइन्।

ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल ल्याइएको थियो। तर, उपचारअघि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij