चितवनको भरतपुर महानगरपालिका–१६ स्थित फुर्तीचोकमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
शुक्रबार बिहान फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको कारले ठक्कर दिँदा भरतपुर महानगरपालिका–१५ निवासी ३० वर्षीया पार्वती भुजेलको मृत्यु भएको हो।
कारको ठक्करबाट गम्भीर घाइते भएकी भुजेलको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य दुई पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस