२०८३, कार्तिक २९ गते

शनिवार, कार्तिक २९ गते २०८३

नुवाकोटमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते

शनिवार, कार्तिक २९ २०८३०३:५३

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सदरमुकाम विदुरदेखि करिब ५० किलोमिटर पूर्वमा पर्ने दुप्चेश्वर गाउँपालिका–६, नौबिसेस्थित गोल्फुभञ्ज्याङ–ढिकुरे सडकखण्डमा दुर्घटना भएको हो ।

दुप्चेश्वरबाट सातबिसेतर्फ जाँदै गरेको बा ५२ प १३०४ नम्बरको मोटरसाइकल सडकमा हिँडिरहेको कुकुरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक पञ्चकन्या गाउँपालिका–४ निवासी ५५ वर्षीय भैरव कार्की गम्भीर घाइते भएका थिए ।

प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार गम्भीर घाइते कार्कीलाई उपचारका लागि काठमाडौं लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । उनको शवको शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच, काठमाडौं–नुवाकोट आवागमनको छोटो दूरीको मार्ग टोखा–छहरे सडकखण्डअन्तर्गत छहरेमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।

विपरीत दिशाबाट आइरहेका मोटरसाइकल ठोक्किँदा लिखु गाउँपालिका–६ का स्थानीय विनोद पाठकसहित दुई जना घाइते भएका हुन् ।

घाइते दुवै जनाको अस्पतालमा उपचार भइरहेको छ । पाठकको देब्रे खुट्टाको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij