२०८३, श्रावण १८ गते

सोमवार, श्रावण १८ गते २०८३

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा गोदावरीमा खुल्ला साङ्गीतिक बहस

सोमवार, माघ २९ २०८०१०:१७

ललितपुर । ललितपुरको गोदावरीमा राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान नेपालको आयोजनामा भएको 'खुल्ला साङ्गीतिक बहसमा गीत सङ्गीतको चुनौती र भबिस्य बिषयक'  शिर्षकमा भएको खुल्ला बहस सस्थाका कार्यसमिति सदस्य र साधारण सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त खुला बहसमा सभापतिको भुमिकामा सस्थाका अध्यक्ष सङ्गीतकार राजेन्द्र बजगाई र अतिथि बक्तामा रोयल्टि संकलन समाजका महासचिव तथा सस्थाका सहल्लाकार बद्री पान्डे, निर्देशक तथा सस्थाका सल्लाहकार माधबराज खरेल, पत्रकार तुलसी गिरी  'भावुक', सल्लाहकार रामनारायण सुबेदि र सस्थाका महासचिव सङ्गीतकार दिपक शर्माले अहिलेको सङ्गीतको अबस्था र भबिस्यबारे प्रकाश पारेका थिए ।
महासचिव दिपक शर्माले हामिले नदेखेको र हाम्रो पहुच नपुगेको धेरै ठाउहरुबाट पनि प्रशस्त रोयल्टि संकलन गर्ने सकिने र रोयल्टिको अधिकारलाइ स्रस्टालाइ मात्र नखुम्च्याएर गीत सङ्गीतभित्र काम गर्ने अरु बिधालाइ पनि समेट्नुपर्ने र यो कुराको ध्यान अन्य संघ सस्थाहरुले पनि बहस हुनुपर्ने कुरा बताए ।
रोयल्टी संकलनका महासचिव बद्री पान्डेले सङ्गीतकार तथा सस्थाका महासचिव दिपक शर्माको कुरामा सहमत राख्दै अब आउने दिनहरुमा हामिले सोचेको भन्दा नि राम्रो गरि रोयल्टी उठ्ने बाताबरण बनिरहेको र सम्पूर्ण स्रष्टाहरुले आफ्नो गीतको कोड उपलब्ध गराउनु पर्ने बताए ।
अर्का बक्ता माधबराज खरेलले चलचित्रका हरेक पाटाका पात्रहरुलाइ पनि रोयल्टीको बिषयमा बुझाउनु पर्ने बताए ।

सन्चारकर्मि तुलसी गिरी  'भावुक'ले उठ्नु पर्ने रोयल्टी किन उठिराको छैन यो कुरालाइ संचारको माध्यमबाट आफुले गर्न सक्ने भुमिका खेल्ने बताउनु भयो ।

अर्का सन्चारकर्मि तथा संस्थाका सल्लाहकार रामनारायण सुवेदीले रेडियोमा गीत सङ्गीत बजाउदा रोयल्टी संकलन समाजले रोयल्टीमा गरेको कडाइ अलि फितलो भएको र गीत कहा कहाबाट कसरि कति पटक बज्यो भन्ने डाटा स्पष्ट हुनुपर्ने बताउनु भयो । सस्थाका अध्यक्ष र कार्यक्रमका सभापति राजेन्द्र बजगाइले महासचिव दिपक शर्माका कुरामा समर्थन जनाउदै हामिले आज साङ्गीतिक बाटोलाइ फराकिलो बनाउन सकियो भने भोलि आउने पिढिले आज हामिले जस्तो कडा संघर्ष गर्न नपर्ने र आफ्नो अधिकार सहज तरिकाले सुररिक्षत गर्ने जनाउनु भयो ।
कार्यक्रममा सन्चारकर्मि राजेन्द्र लुइँटेल, प्याजेन्ट डाइरेक्टर लब बहादुर कार्की, नायक श्रीदेव भट्टराई,तारादेबि फाउन्डेसनका महासचिव सुभम सैजु, सस्थाका उपाध्यक्ष नायिका उषा उप्रेती, कोषाध्यक्ष गायक नारायण बहादुर थापा, सचीव गायिका सुजाता के सि, गयिका रिता केसि, सदस्य गायक भुबन प्यासि, सदस्य नायिका प्रतिक्षा काफ्ले, सदस्य ध्वनि मिश्रण मनोज परियार, निर्देशन महेन्द्र चन्द (माइकल) गायक डेबिड शंकर, राज कटुवाल, नबिन कुमार पौडेल,गिता पाण्डे , पबन रानाभाट, सुबास तिम्सिना, सरु गौतम, कुमार कटुवाल, फोटो ग्राफर बद्री थापा लगायत थुप्रै व्यक्तित्वहरुको उपस्थिति भएको उक्त कार्यक्रम सस्थाका महासचिव दिपक शर्माले संचालन गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
Site BY Sobij