२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

जाजरकोटमा पहिरोमा परी एक जनाको मृत्यु, तीन जना बेपत्ता

आइतवार, श्रावण ३१ २०८३०९:४२

 अविरल वर्षापछि आएको पहिरोमा परी जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। पहिरोमा परी नौ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार पहिरोमा परी स्थानीय ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको हो। पहिरोमा परी सोही वडाका ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री बेपत्ता भएका छन्।

पहिरोमा घाइते भएका नौ जनामध्ये एक जनाको नेपालगञ्ज नर्सिङ अस्पताल, दुई जनाको कोहलपुर मेडिकल कलेज र तीन जनाको स्थानीय डौरीकाँडा मेडिकल सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचारपछि स्वास्थ्य अवस्था सुधार भएका तीन जना भने घर फर्किएका छन्।

लगातारको वर्षाका कारण थप पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासन र प्रहरीले वडाका २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। उनीहरूलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको छ।

बेपत्ता भएकाको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

वर्षा निरन्तर भइरहेकाले आसपासका बस्तीमा समेत पहिरोको जोखिम बढेको भन्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij