२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

पेट्रोलियमको मूल्य नबढ्ने, निगमलाई पाक्षिक ३ अर्ब २० करोडभन्दा बढी घाटा

बिहिवार, आश्विन १५ २०८३०९:५४

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले नेपालमा हाल कायम रहेको मूल्य यथावत् राख्ने निर्णय गरेको छ। मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँभन्दा बढी घाटा हुने जनाएको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट असोज १४ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा वृद्धि भएको निगमले जनाएको छ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको छ। तर, भोटेकोसी क्षेत्रमा आएको बाढीपहिरोबाट सिर्जित अवस्था, नजिकिँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै हाललाई सबै पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

मूल्य यथावत् राखिएसँगै पहिलो वर्गका क्षेत्रमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम रहनेछ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायललगायत क्षेत्र पर्छन्।

निगमका अनुसार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर १ हजार ६९७ अमेरिकी डलर कायम गरिएको छ।

यस्तै, १४.२ किलोग्रामको एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै यथावत् राखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij