२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

बागलुङमा बाढीपहिरोबाट १२ जनाको मृत्यु, एक जना बेपत्ता

बुधवार, आश्विन १४ २०८३०९:४०

असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोमा परी जिल्लामा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

बाढीपहिरोले ६१ घर तथा गोठ पूर्ण रूपमा बगाएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ। दरमखोलाको कटानले गलकोट नगरपालिका–९ को वडा कार्यालयसमेत बगाएको छ। यस्तै, तीनवटा झोलुङ्गे पुल बगेका छन् भने दुईवटा प्रहरी कार्यालयमा आंशिक क्षति पुगेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार दुई जलविद्युत् आयोजना, एक विद्यालय, एक रिसोर्ट र एक कृषि फार्ममा समेत क्षति पुगेको छ। बाढीपहिरोबाट २५६ पशुचौपाया प्रभावित भएका छन् भने २१५ कुखुरा मरेका छन्।

निसीखोला, तमानखोला, बडिगाड, काठेखोला, ढोरपाटन, गलकोट र बागलुङ नगरपालिकाका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको प्रशासनले जनाएको छ।

बाढीपहिरोमा परी मृत्यु हुनेमा ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जना छन्। तमानखोलामा पहिरोमा परी एक महिला अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij