२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

१९ जना जुवाडे पक्राउ

मंगलवार, आश्विन १३ २०८३०१:४८

ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९ वर्षीया लक्षणा राणासमेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार ५० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

त्यसैगरी धनकुटाको चौबिसे गाउँपालिका-२ डाँडागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ३६ वर्षीय इमा मगरसमेत १२ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी मुढेवासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३६ हजार २ सय ५० रूपैयाँ र २१ बुक तास सहित पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij