२०८३, आश्विन १६ गते

शुक्रवार, आश्विन १६ गते २०८३

पृथ्वी राजमार्ग आज दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने

बुधवार, आश्विन १४ २०८३०७:३९

अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज (बुधबार) देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै थप पहिरो/अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिएको हो ।

गत असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जानुका साथै सडक भासिएर यातायात अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको पहिरो र अवरोधहरू हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा मात्र सवारी आवागमन सुचारु रहेको प्रशासनले जनाएको छ ।

"गत असोज ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जानुका साथै सडक भासिएर यातायात अवरुद्ध भएको थियो," प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, "थप पहिरो/अवरोध नआएमा बुधबार दिउँसो १ बजेदेखि सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।"

हाल वर्षा रोकिएको भए तापनि राजमार्गका विभिन्न स्थानहरूमा पहिरोको जोखिम कायमै छ । जुनसुकै समयमा पनि पहिरो झर्न सक्ने सम्भावना रहेकाले प्रशासनले सम्पूर्ण सवारी चालक, यात्री तथा सर्वसाधारणहरूलाई अत्यन्त सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

साथै, सवारीसाधन चलाउँदा ट्राफिक नियम र सडक अनुशासनको पूर्ण रूपमा पालना गर्न समेत अनुरोध गरेको छ । 



825271168_122272071716150059_8226801236146467306_n.jpg

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
Site BY Sobij