२०८३, कार्तिक ३० गते

आइतवार, कार्तिक ३० गते २०८३

डीडीसी विराटनगरका प्रमुख शर्मा पक्राउ

शुक्रवार, कार्तिक २८ २०८३०८:३६

दुग्ध विकास संस्था (डीडीसी) अन्तर्गतको विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नविन किशोर शर्मा पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार शर्मालाई ललितपुरको भैसेपाटीबाट पक्राउ गरेको हो। सर्लाहीको रामनगर गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका-५ भैसेपाटीमा बस्दै आएका शर्मालाई आपराधिक विश्वासघात गर्न नहुने र सङ्गठित अपराधको कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ। 

उनले डीडीसीलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ डीडीसीलाई हानी नोक्सानी पुर्‍याएको आरोप लगाइएको छ। उनले मिलेमतोमा काम गरिएको देखिएकाले संगठित अपराधको कसुरमा अनुसन्धान थालिएको सीआईबीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij