विराटनगर किङ्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट प्लेअफ पुग्न असफल भएको छ ।
लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगर प्रतियोगिताबाट बाहिरिएको हो ।
विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएपछि विराटनगर पराजित भएको हो ।
विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । ओपनरद्वय डा’र्सी शर्ट र आसिफ शेखले ४५–४५ रनको योगदान दिए ।
यस्तै, अलि शेखले २७ तथा सन्दीप जोराले नटआउट २५ रन जोडे । ११ बल खेलेका उनले ३ छक्का र १ चौका प्रहार गरे । अन्तिममा छक्का प्रहार गर्दै लुम्बिनीका रुवेन ट्रम्पलमानले खेल सकाइदिए ।
बलिङतर्फ विराटनगरका अपराजित पौडेलले दुई तथा चरिथ असलंका र रुपेश सिंहले एक–एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन जोड्यो ।
चरिथ असलंकाले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ६४ रनको योगदान दिए । शुभम रन्जानेले अविजित ३१ रन बनाए ।
इमरान शेखले २४ रन जोडे । शेख रिटायर्ड हर्ट भएर मैदानबाट बाहिरिए । लोकेश बमले १५ रन जोडे । बलिङतर्फ लुम्बिनीका किशोर महतोले दुई तथा अभिशेष गौतम र रुवेन ट्रम्पलमानले एक–एक विकेट लिए ।
विराटनगरले प्रतियोगितामा खेलेका ७ खेलमा ३ जित हात पार्दै ६ अंकसहित लिगको पाँचौं स्थानमा रह्यो ।
लुम्बिनी र लायन्सबीचको यस खेलसँगै पावरप्लेमा पुग्ने चारवटै टिमको टुंगो लागेको छ । लुम्बिनी शीर्ष स्थानसहित प्लेअफमा पुगेको हो ।
लुम्बिनीसँगै सुदूरपश्चिम, काठमाडौं गोर्खाज् र चितवन राइनोज् प्लेअफमा पुगेका छन् ।
यस जितसँगै लुम्बिनी लिग चरणको शीर्ष स्थानमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस