२०८३, मंसिर १३ गते

शनिवार, मंसिर १३ गते २०८३

मिर्चैयामा २४.११० ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ, एक फरार

बिहिवार, मंसिर ११ २०८३१०:२०

सिरहाको मिर्चैयामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् भने एक जना प्रहरीलाई देखेपछि फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले मंगलबार राति करिब १०ः३५ बजे मिर्चैया नगरपालिका–३, बलुवा टोलस्थित भित्री सडकखण्डबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बलुवाबाट मिर्चैयातर्फ आउँदै गरेको प्रदेश २–०२–०१० प ३९८१ नम्बरको मोटरसाइकलमा तीन जना सवार थिए। प्रहरी टोलीलाई देखेपछि भाग्न खोज्दा दुई जना पक्राउ परेका थिए भने एक जना फरार भएका थिए।

मोटरसाइकलमा सवार व्यक्तिहरूको जाँच गर्ने क्रममा पहेँलो प्लास्टिकको पोकाभित्र लुकाएर राखिएको २४.११० ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–९ का १८ वर्षीय रजनीश यादव र सिरहाको मिर्चैया नगरपालिका–११ का २० वर्षीय नितेश कुमार साह रहेका छन्।

त्यस्तै, फरार हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–४ का २० वर्षीय काशिन्द्र साह रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै युवक, बरामद लागुऔषध र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij