२०८३, मंसिर ८ गते

सोमवार, मंसिर ८ गते २०८३

प्रधानमन्त्री बालेन आइतबार भारत भ्रमणमा जाँदै, मोदीसँग सोमबार भेटवार्ता

आइतवार, मंसिर ७ २०८३०६:५८

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार (मंसिर ६) भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा ३४ सदस्य रहनेछन्।

प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारसहित नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार दुई नेताबीच सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुनेछ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः४५ बजे नयाँ दिल्ली पुग्नेछन्। सोही दिन साँझ ६ बजे उनले ताजमहल होटलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाट हुनेछ। त्यसपछि उनी महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।

राजघाटको कार्यक्रमपछि भारतीय प्रधानमन्त्री मोदीसँग उनको द्विपक्षीय भेटवार्ता हुनेछ। भेटवार्तापछि मध्याह्न १२ः२५ बजे दुई देशबीच भएका सहमति तथा सम्झौताहरू आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन आयोजना गरिने कार्यतालिका छ।

यसैगरी, प्रधानमन्त्री शाहले सोमबार दिउँसो सवा ३ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह सोमबार अपराह्न ४ः५० बजे नयाँ दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij