२०८३, मंसिर ४ गते

बिहिवार, मंसिर ४ गते २०८३

ट्रम्प, पुटिन र सीबीच चीनमा पहिलो त्रिपक्षीय शिखर सम्मेलन हुँदै

मंगलवार, मंसिर २ २०८३०८:५९

काठमाडौं । अमेरिका, रुस र चीनका शीर्ष नेताहरूले यसै साता चीनमा हुने पहिलो त्रिपक्षीय शिखर सम्मेलनमा विश्व शान्ति र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा छलफल गर्ने भएका छन्।

एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा आगामी बिहीबार दक्षिणी चिनियाँ सहर सेन्जेनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुने तय भएको छ।

बैठकको विस्तृत कार्यसूची सार्वजनिक नगरिए पनि विश्व शान्ति कायम राख्ने र आपसी सम्बन्धमा स्थायित्व प्रवर्द्धन गर्ने विषयमा गहन छलफल हुने चीनले जनाएको छ।

बैठकको पुष्टि गरेको केही घण्टापछि आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले उक्त भेटवार्तालाई ‘युगान्तकारी महत्त्वको’ बताएकी छन्।

तीन शक्तिशाली राष्ट्रका शीर्ष नेताबीच हुन लागेको यस भेटवार्तालाई अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij