२०८३, मंसिर १३ गते

शनिवार, मंसिर १३ गते २०८३

राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा कोसीको शानदार जित, लुम्बिनी ४–१ ले पराजित

शुक्रवार, मंसिर १२ २०८३१२:०५

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोसी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।

शुक्रबार कर्णाली प्रादेशिक रंगशालामा सम्पन्न पहिलो खेलमा कोसीले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीविरुद्ध सहज जित निकालेको हो।

खेलको १२औँ मिनेटमा मिलन राईले गोल गर्दै कोसीलाई अग्रता दिलाएका थिए। उनले नै ३२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए।

त्यसपछि ६४औँ मिनेटमा सौरभ लिम्बूले तेस्रो गोल गरे भने अमित सन सतारले अर्को गोल थप्दै कोसीको जित ४–१ ले सुनिश्चित गरे।

लुम्बिनीका फागुराम चौधरीले ५९औँ मिनेटमा एक गोल फर्काएका थिए। खेलको ५८औँ मिनेटमा कोसीका प्रकाश भुजेलले रातो कार्ड पाएपछि टोली बाँकी समय १० खेलाडीमा सीमित भएको थियो।

यसैबीच, शुक्रबारको दोस्रो खेलमा दिउँसो २:३० बजे त्रिभुवन आर्मी क्लब र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij