नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। छापावाल सुन प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार १९५ रुपैयाँ पुगेको छ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।
बिहीबारको तुलनामा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि देखिएको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस