२०८३, मंसिर १३ गते

शनिवार, मंसिर १३ गते २०८३

कुवेतमा इरानी ड्रोन निष्क्रिय पार्दा भग्नावशेष लागेर दुई इटालियन नागरिकको मृत्यु

शुक्रवार, मंसिर १२ २०८३१२:३४

कुवेतको हवाई क्षेत्रमा प्रवेश गरेका इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा खसेको भग्नावशेष लागेर दुई इटालियन नागरिकको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्।

कुवेतको रक्षा मन्त्रालयका अनुसार हवाई क्षेत्रमा प्रवेश गरेका ड्रोनलाई निष्क्रिय पार्ने क्रममा उक्त घटना भएको हो। घाइते दुवै जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

यसैबीच, इरानले घटनामा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले इटालीका विदेशमन्त्री एन्टोनियो ताजानी र कुवेती समकक्षीसँग टेलिफोन वार्ता गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।

अराघचीले इटाली र कुवेतका समकक्षीसँगको कुराकानीमा घटनामा तेहरानको कुनै संलग्नता नरहेको स्पष्ट पारेका हुन्। इरानको सशस्त्र बलले समेत आक्रमणमा आफ्नो भूमिका रहेको आरोप अस्वीकार गरेको छ।

सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै अराघचीले घटनालाई ‘शंकास्पद’ संज्ञा दिएका छन्। उनले यसलाई युद्धका लागि पूर्वनिर्धारित बहाना बनाउने प्रयास हुन सक्ने आशंका व्यक्त गर्दै घटनाको वास्तविक कारण पत्ता लगाउन कुवेत र इटालीसँग सहकार्य गर्न इरान तयार रहेको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij