Logo
02 Apr 2023    १९ चैत्र २०७९, आईतवार

ताजा खबर

राष्ट्रपति पौडेल अस्पताल भर्ना फोटोपत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत थ्री नेसन्स कपको उपाधि नेपाललाई मिडिया उद्यमी हरिशरण सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित प्रधानमन्त्री दाहालले गरे मन्त्रिपरिषद् विस्तार उपत्यकामा हराएका तीन सय ६० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

भारतिय नायिका अमिषा पटेलको हातबाट मुम्बईमा गायक म्याक्सलाई विज ग्ल्याम अवार्ड

Reporter

गायक तथा मोडल म्याक्स नेपाल भारतको मुम्बईमा पूनः विज ग्ल्याम अवार्डसको दोश्रो संस्करणको अवार्ड हात पार्न सफल भएका छन ।
मुम्वईको होटल पेननसुला ग्राण्डमा आयोजित भव्य समारोहमा भारतकी चर्चित नायिका अमिषा पटेलको हातबाट उनले उक्त अवार्ड जितेका हुन ।

विगत झण्डै एक दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मा अभिनय मार्फत उच्च योगदान दिएका म्याक्सले यस अघि ५ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहमा दादा साहेब ईण्डियन टेलिभिजन अवार्डबाट समेत सम्मानित भईसकेका थिए ।
२०७० सालमा पहिलो एल्बम ‘रहरै रहर’बाट सांगितिक क्षेत्रमा होमिएका नेपालका हाल सम्म करिब ३ दर्जन गीतहरु सार्वजनिक भैसकेको छ । उनको पहिलो गीत र दोश्रो गीत फुलै फुलको डोली चढाईको चाईल्ड भर्सनमा सारेगमका चर्चित वाल गायक प्रितम आचार्यले समेत स्वर दिएका थिए ।

लामो समयदेखि कतारमा रहेर व्यापार व्यवसाय गर्दै आएका उनले नेपाली गीत संगीत क्षेत्रको विकास र प्रवद्र्धनमा समेत योगदान दिदै आएका छन । चलचित्रमा पाश्र्व गायन समेत गरेका म्याक्सले कतारमा भएको स्टार ईन्टरनेशनल अवार्ड समेत प्राप्त गरेका थिए । आधा दर्जन भन्दा बढि अवार्ड जितिसकेका म्याक्स आफ्ना हरेक गीतमा आफै अभिनय गर्ने गरेका छन । अभिनयमा सानैदेखी सौखका कारण थुप्रै सर्ट फिल्म र म्युजिक भिडियोमा अभिनय क्षमता प्रर्दशन गरिसकेका उनी गीत आफै श्रृजना गर्छन भने संगीत समेत आफै दिने गरेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको