टिकटकर तुलसा अधिकारीलाई थुनामा राख्ने जिल्ला अदालत, ललितपुरको आदेश उच्च अदालत, पाटनबाट पनि सदर भएको छ।
बिहीबार न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले बिहीबार अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गर्दै जिल्लाकै आदेस सदर गरेको हो।
आपराधिक लाभसम्बन्धी मुद्दामा जिल्ला अदालतले थुनामा पठाएपछि अधिकारीले उक्त आदेश बदर गर्दै आफूलाई थुनामुक्त गर्न माग गरेर उच्च अदालतमा निवेदन दिएकी थिइन्।
उनले एक पुरुषलाई हनी ट्र्यापमा पारेर आर्थिक लाभ लिएको आरोप छ। यस्तै २१ करोड रुपैयाँ कसुरजन्य कार्यबाट आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरणको आरोप पनि उनीमाथि छ।
प्रतिक्रिया दिनुहोस