२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पाकिस्तानमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट, आठ जनाको मृत्यु

बिहिवार, कार्तिक १३ २०८३०३:४८

इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

बुधबार राति थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटमा घाइते भएकाहरूलाई थप उपचारका लागि कराची लगिएको छ। मृत्यु भएकाहरूको पहिचान खुलाउन शव स्थानीय अस्पतालमा राखिएको अधिकारीहरूले बताएका छन्।

विस्फोटको कारण पत्ता लगाउन मिरपुरखास र कराचीबाट विशेषज्ञ टोली बोलाइएको प्रहरीले जनाएको छ। टोलीले घटनास्थलमा रहेका प्रमाणको परीक्षण गरी विस्फोटको कारणबारे अनुसन्धान गर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij