२०८३, आश्विन १७ गते

शनिवार, आश्विन १७ गते २०८३

भुक्तानी विवादले ई–पासपोर्ट सेवा प्रभावित

शुक्रवार, आश्विन १६ २०८३०९:४७

काठमाडौं । ई–पासपोर्ट ठेक्काको रकम भुक्तानीमा विवाद भएपछि राहदानी विभागको सेवा प्रभावित भएको छ। बिहीबार विभागमा सेवाग्राहीको बायोमेट्रिक लिन नसकिएको हो।

६४ लाख थान ई–पासपोर्टको ठेक्का पाएका जर्मन कम्पनी भेरिडोस र म्युहलबाउरले करिब १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताइएको छ। भुक्तानी नहुँदा प्रणालीको मर्मत तथा पासपोर्ट आपूर्तिमा समस्या आएको जनाइएको छ।

विभागले भने इन्टरनेटमा समस्या आएर बायोमेट्रिक सेवा प्रभावित भएको र समाधानको क्रममा रहेको जनाएको छ।

यसैबीच, विभागमा पासपोर्टको मौज्दातसमेत घट्दै गएको छ। तत्काल नयाँ आपूर्ति नभए करिब दुई महिनापछि पासपोर्ट अभाव हुन सक्ने अधिकारीहरूले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
Site BY Sobij