२०८३, आश्विन १७ गते

शनिवार, आश्विन १७ गते २०८३

निर्वाचन प्रहरीको पोशाक खरिदका विषयमा अध्ययन गर्न उपसमिति गठन

शुक्रवार, आश्विन १६ २०८३०२:२५

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रास्वपा सांसद मनिष झाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको हो । 

उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही छन् । 

उपसमितिलाई निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमिता भएको भन्नेबारे परेको उजुरीको अध्ययन गरेर प्रतिवेदन पेस गर्न भनिएको छ । समिति सभापति भरतबहादुर खड्काले उजुरीको अध्ययनका सम्बन्धमा आएका सुझावहरुलाई समितिले ग्रहण गरेर अघि बढ्ने बताए । 

बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीमा भएको भनिएको अनियमितामा आफूले निरन्तर आवाज उठाइरहेकाले आफूलाई संयोजक बनाउन प्रस्ताव गरेका थिए । आफूलाई बाहिर राखेर उपसमिति गठनको औचित्य नहुने उनले बताएका थिए । 

बैठकमा अन्य दलका केही सांसदहरूले सांसद सुनारको भूमिका उजुरीकर्ताको जस्तो देखिएकाले समितिमा राख्न नहुने धारणा राखेका थिए । यद्यपि, सबैको सहमतिमा सुनारलाई पनि उपसमिति सदस्यमा राखिएको थियो । 

सार्वजनिक लेखा समितिमा निर्वाचन प्रहरीको पोशाक खरिद गर्दा ६० करोडभन्दा बढी अनियमितता भएको उजुरी परेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
Site BY Sobij