२०८३, आश्विन २४ गते

शनिवार, आश्विन २४ गते २०८३

कांग्रेसमा मतदान जारी, मत खस्ने क्रम बढ्दै

शुक्रवार, आश्विन २३ २०८३०५:२८

 

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा शुक्रबार अपराह्न साढे ४ बजेसम्म ४ हजार ५७५ मत खसेको छ।

यसअघि साँझ ५ बजेसम्मका लागि तोकिएको मतदानको समय बढाएर राति ७ बजेसम्म पुर्‍याइएको छ। समय थपिएसँगै मतदान गर्न बाँकी रहेका प्रतिनिधिले पनि मत खसाल्न पाउने भएका छन्।

साढे ४ बजेसम्म प्राप्त विवरणअनुसार बागमती प्रदेशमा १ हजार ६३, मधेस प्रदेशमा ७९०, लुम्बिनी प्रदेशमा ७०० र गण्डकी प्रदेशमा ६५१ मत खसेको छ।

त्यस्तै, कर्णाली प्रदेश र जनसम्पर्क समितिबाट ४९१ तथा सुदूरपश्चिम प्रदेशबाट ४५० मत खसेको विवरण प्राप्त भएको छ। कोशी प्रदेशको मतदान विवरण संशोधन गरी ४३० मत कायम गरिएको छ।

गण्डकी प्रदेशमा कुल ७७६ मत खस्नुपर्नेमा ६५१ मत मात्र खसेको छ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि काठमाडौँस्थित राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij