२०८३, आश्विन २४ गते

शनिवार, आश्विन २४ गते २०८३

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५७ पुग्यो, ४ हजार ७२० जना अझै बेपत्ता

शनिवार, आश्विन २४ २०८३०९:३९

भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यो आज बिहान ६ः०० बजेसम्मको विवरण हो ।
बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै उक्त कार्यालयले रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको मृत्यु भएको बताएको हो ।
सङ्कलन भएका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनलगायत प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३३५ शव व्यवस्थापन गरिएको छ । एक हजार ४३८ शवको पहिचान हुन सकेका छैन । बाढीपछि चार हजार ७२० जना बेपत्ता छन् ।
यसैगरी, बाढीबाट विस्थापित एक हजार २३१ जना विभिन्न जिल्लास्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij