पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक भासिएपछि राजमार्ग पुनः अवरुद्ध भएको छ । शुक्रबार (असोज २३) बेलुका सडक भासिएसँगै राजमार्ग दुईतर्फी नै बन्द गरिएको हो ।
सडक अवरुद्ध हुँदा काठमाडौंबाट बाहिरिने मालवाहक सवारीसाधनलाई कलंकी क्षेत्रमा ‘होल्ड’ गरिएको छ । सडक बन्द हुँदा मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ ।
सडक भासिएको स्थानमा आवागमन अवरुद्ध भएपछि यात्रु तथा सवारीचालकले सास्ती व्यहोर्नुपरेको छ । सडक कहिलेदेखि पुनः सञ्चालनमा ल्याइने भन्नेबारे यकिन हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस