२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

फोटो पत्रकारितामाथि एआईको चुनौती, प्रतिलिपि अधिकार संरक्षणमा अध्यक्ष वन्तको कडा आवाज

शनिवार, आश्विन २४ २०८३११:४३

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका अध्यक्ष प्रदीपराज वन्तले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोग र प्रतिलिपि अधिकार संरक्षणको अभाव फोटो पत्रकारिताका प्रमुख चुनौती बनेको बताएका छन्।

शनिबार समूहको २९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष वन्तले फोटो पत्रकारहरूको व्यावसायिक क्षमता विकास, हकहित संरक्षण र संस्थागत सुदृढीकरणमा जोड दिएका हुन्।

उनले प्रविधिको विकाससँगै फोटो पत्रकारितामा देखिएका नयाँ चुनौतीको सामना गर्न संस्था थप सबल र आत्मनिर्भर बन्नुपर्ने बताए। फोटो पत्रकारहरू तस्बिर खिच्ने काममा मात्र सीमित नभई संस्थागत नेतृत्व, व्यावसायिक सीप र अधिकार संरक्षणका विषयमा समेत सक्षम हुनुपर्ने उनको भनाइ थियो।

फोटो पत्रकारितामा कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग र तस्बिरको प्रतिलिपि अधिकार संरक्षण गम्भीर विषय बनेको उल्लेख गर्दै वन्तले नेपालको प्रचलित कानुनमा फोटो पत्रकारहरूको प्रतिलिपि अधिकारलाई पर्याप्त प्राथमिकता नदिइएको गुनासो गरे।

‘फोटो प्रयोग गर्दा फोटो पत्रकारको अनुमति, अधिकार र श्रमको सम्मान गरिनुपर्छ। त्यसका लागि स्पष्ट कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयन आवश्यक छ,’ उनले भने।

आफ्नो दोस्रो कार्यकालको अन्तिम वर्षमा प्रवेश गरेको उल्लेख गर्दै अध्यक्ष वन्तले नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न संस्थाभित्र नेतृत्व विकासलाई प्राथमिकता दिनुपर्ने बताए। नयाँ पुस्तालाई नेतृत्वका लागि तयार पार्नु आफ्नो प्रमुख दायित्व रहेको उनको भनाइ थियो।

उनले संस्थालाई बाह्य सहयोगमा मात्र निर्भर नराखी आफ्नै स्रोत र साधनबाट आत्मनिर्भर बनाउँदै लैजानुपर्नेमा जोड दिए। फोटो पत्रकारहरूको हकहित संरक्षण, व्यावसायिक क्षमता अभिवृद्धि तथा उनीहरूको योगदानको अभिलेखीकरणका लागि संस्थागत बहस र छलफललाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
Site BY Sobij